सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

राष्ट्रियसभा उपनिर्वाचन : लुम्बिनीमा सत्ता गठबन्धनबाट दुई जनाको उम्मेदवारी

बुधबार, ११ माघ २०७९, १६ : ३४
बुधबार, ११ माघ २०७९

रुपन्देही । लुम्बिनीमा राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा एमालेका कुमार दशौदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्यले र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले मनोनयन दर्ता गरेका हुन् ।

नागरिक उन्मुक्ति सत्ता गठबन्धनमै भएपनि धेरै मन्त्रालय हात पार्न बार्गेनिङ गरिरहेको छ । त्यसैको फलस्वरुप सत्तारुढ दललाई दबाब दिन उसले उम्मेदवारी दिएको बताइएको छ । 

एमालेका दशौदीको समर्थकमा राप्रपाकी प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ र प्रस्तावकमा गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोखरेल रहेका छन् । आचार्यको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिका उपाध्यक्ष भक्त जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोखबहादुर चौधरी रहेका छन् ।

रायको उम्मेदवारी दर्ताका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि प्रदेश निर्वाचन कार्यालय दाङमा पुगेकी थिइन् । नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटमा उपनिर्वाचन हुन थालेको हो । उपनिर्वाचनका लागि माघको २५ गते घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप