स्ववियू निर्वाचनमा केन्द्रीत हुन अखिल क्रान्तिकारीको २० बुँदे सर्कुलर
बुधबार, ११ माघ २०७९, १७ : ०९
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी बैठकले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा केन्द्रीत हुनेगरी संगठन परिचालन गर्न २० बुदे सर्कुलर जारी गरेको छ । गत पुस २३ गते बसेको पदाधिकारी बैठकको मंगलबार २० बुदे सर्कुलर जारी गर्दै चैत ५ गते हुने स्ववियू चुनावमा केन्द्रीत हुन निर्देशन दिएको हो ।
स्ववियू चुनावमा केन्द्रीत भई विश्वविद्यालयमा सक्रिय भई लाग्न विद्यार्थी नेताहरुलाई जिम्मेवारी दिई कार्यविभाजन गरिएको छ । संगठनलाई व्यवस्थित र चुस्त बनाउन प्रदेश अध्यक्ष, इन्चार्ज र जिल्लाको जिम्मेवारी समेत हेरफर गरिएको छ ।
पूर्ण पाठ :