आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

प्रेमप्रसादले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय

बुधबार, ११ माघ २०७९, १९ : ०६
बुधबार, ११ माघ २०७९

काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यले उठाएका विषयमा सरकारले छानबिन गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसबारे छानबिन गर्ने निर्णय गरेको हो ।

त्यसको जिम्मा गृह मन्त्रालयलाई दिइएको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले छानबिन गरेपछि तथ कदमहरू अगाडि बढाउने बताए ।

‘उहाँले उठान गरेको विषय अध्ययन गरेर गृह मन्त्रालयले छानबिन गर्ने र सत्य तथ्य बाहिर आएपछि सरकारले आवश्यक कदम चाल्ने निर्णय भएको छ । प्रहरीमार्फत सत्यतथ्य छानबिन गर्छौ । त्यही आधारमा आगामी कदमहरू अगाडि बढ्नेछन्,’ उनले भने । 

गृह मन्त्रालयले आजैदेखि छानबिनको काम अगाडि बढाउने बताए । आचार्यले हिजो मंगलबार नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो लगाएका थिए । उनको उपचारको क्रममा आज बिहान निधन भएको थियो । उनले आफ्नै शरीरमा आगो लगाउनुअघि सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाट लेखेका थिए । जसले उनले आफूले आत्मदाहको गर्नुको कारण र राज्यले चाल्नुपर्ने कदमका विषयमा लेखेका थिए । सोही आधारमा सरकारले छानबिन गर्ने निर्णय गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप