शनिबारसम्म मौसम नखुल्ने
काठमाडौँ । आगामी शनिवारसम्म घामपनि नलाग्ने पानी पनि नपर्ने भएको छ । पश्चिमी वायूको प्रभावले बदली भएपनि पानी र हिउँ दुबै नपर्ने बताएको छ ।
गत मंगलबार बेलुकादेखि पश्चिम नेपालीदेखि भएको बदली विस्तारी पूर्वतिर सर्दै गएको जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाकी मौसमविद् प्रतीभा मानन्धरले बताइन । ‘पश्चिमी वायूको प्रभावका कारण मौसमी प्रणाली पश्चितिरबाट प्रवेश गरेर विस्तारैमध्य हुँदै पूर्वतिर सर्दै छ’ मौसमविद मानन्धरले भनिन्, ‘बादल लागेपनि वर्षा र हिउँ दुवै पर्ने सम्भावना देखिँदैन । कतिपय ठाउँमा आंशिक रुपमा छिटफुट वर्षा हुनसक्छ ।’
सुदूरपश्चिम प्रदेशमा भने बदली नभएको मानन्धरले बताइन् । हरेक हिउँदमा वर्षा हुने गरेपनि यो वर्ष हिउँ र वर्षा दुबै नपर्दा कृषकहरु मारमा परेका छन् । हिउँदमा पानी नआउँदा बालीनाली समेत राम्रो हुन नसकेको किसानहरु बताउँछन् ।