आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अवसरलाई सदुपयोग गर्न नसके पार्टी जनताबाट कट्न सक्छ : प्रचण्ड

शुक्रबार, १३ माघ २०७९, ११ : ११
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको अवसरलाई सदुपयोग गर्न नसकेमा जनतबाट पार्टी कट्ने र मुलुक अँध्यारोतिर जानसक्ने बताएका छन् । स्थायी समिति बैठकमा आफ्नो प्रतिवेदन पेश गर्दै प्रचण्डले आफूले देशको नेतृत्व पाउनुलाई अवसर र चुनौती दुबै भएको बताए । 

‘अहिलेको सरकारलाई अवसर र चुनौतिको रुपमा लिएका छौं । हामीले जसरी पनि सफल भएर काम गर्नै पर्छ’ प्रतिवेदनका विषयमा आमन्त्रित स्थायी समिति सदस्य पेशल खतिवडाले भने, ‘हामीले अवसरको रुपमा नलिएमा जनताबाट पार्टी कट्ने र मुलुक अँध्यारोतिर जाने व्याख्या गर्नुभएको छ ।’

प्रचण्डले प्रतिवेदनमा संगठनलाई व्यवस्थित गर्ने  समेत खाका प्रस्तुत गरेका छन् । पार्टीको पोलिटब्यूरो, संगठन विभागलाई पूर्णता दिने र आयोगलाई पूर्णता दिने तयारी गरिएको छ । यस्तै अन्य नेताहरुको कार्यविभाजनका विषयमा समेत प्रतिवेदनमा उल्लेख गरिएको खतिवडाले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप