कृष्णको लोकदोहोरी गीत ‘दैलो ठेलैमा’ सार्वजनिक
शुक्रबार, १३ माघ २०७९, १६ : १३
काठमाडौं । गायक कृष्ण लामिछानेको नयाँ लोकदोहोरी गीत ‘दैलो ठेलैमा’ सार्वजनिक भएको छ । लामिछानेकै संगीत रहेको गीतमा लामिछानेको अलवा बद्री सापकोटा र पूजा देवकोटाको स्वर छ ।
सागर बिरोहीको संगीत संयोजन रहेको गीतको भिडियोमा मनोज सुवेदी, कृष्ण लामिछाने, सुस्मिता चौलागाईं र मिलन भट्टको अभिनय छ ।
भिडियोको निर्देशन मनोज सुवेदी र कृष्ण लामिछानेले गरेका हुन् । रेशम दर्लामीको छायाँकन, सुजन कोइरालाको सम्पादन रहेको भिडियोआर्ट सिने स्टुडियोले निर्माण गरेको हो ।