आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल विश्वविद्यालय विधेयक विधायन समितिमा

शुक्रबार, १३ माघ २०७९, १८ : ०१
शुक्रबार, १३ माघ २०७९

काठमाडौं । राष्ट्रियसभाबाट ‘नेपाल विश्वविद्यालय विधेयक, २०७९’  दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ । 

राष्ट्रियसभाको आजको बैठकले उक्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको हो ।

राष्ट्रियसभाको अर्को बैठक यही माघ २३ गते बिहान ११ बजेर ५९ मिनेटमा बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप