आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

रवि लामिछाने विजयी भएको चितवन–२ मा उपनिर्वाचन हुने

शुक्रबार, १३ माघ २०७९, १८ : ४९
शुक्रबार, १३ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने विजयी भएको चितवन २ मा उपनिर्वाचन हुने भएको छ ।  सर्वोच्च अदालतले शुक्रबार लामिछानेको नागरिकता अवैध ठहर गर्दै सांसद पद समेत खारेज गरिदिएपछि उपनिर्वाचन हुने निश्चित भएको हो ।

चिनवन- २ बाट लामिछाने सर्वाधिक लोकप्रिय मतान्तरसहित विजयी भएका थिए । उनले ४९ हजार ३०० मतसहित विजय हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए ।  रवि प्रेरित पार्टीले प्रतिनिधिसभामा २० सिट जितेको थियो भने सोही आधारमा पार्टी सरकारमा पुगेको थियो । सर्वोच्चबाट विपक्षमा फैसला आएसँगै रविमाथि गृहमन्त्री पद छाड्नुपर्ने दवाव परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप