आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दोस्रो दिन पनि पठानको रेकर्ड कमाई

शनिबार, १४ माघ २०७९, ०७ : २५
शनिबार, १४ माघ २०७९

मुम्बई । शाहरुख खानको पठानको रेकर्ड तोड्ने सिलसिला दोस्रो दिन पनि जारी रह्यो । फिल्मले ६८ करोड कमाएको छ । रिलिजको दोस्रो दिन यति धेरै कमाउने यो पहिलो बलिउड फिल्म हो । 

अर्कोतर्फ तमिल र तेलुगुको आँकडालाई मिलाएर हेर्ने हो भने फिल्मको दोस्रो दिनको कुल कलेक्सन ७२.५ करोड पुगेको छ । घरेलु बक्स अफिसमा दुई दिनमा फिल्मको कुल कलेक्सन १२९ करोड पुगेको छ । पहिलो दिन ५५ करोड कमाएर पठान बलिउडको सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्म बनेको थियो ।

विश्वव्यापी कमाईलाई हेर्ने हो भने पठानले दुई दिनमा २२० करोडभन्दा बढी कमाएको छ । पठानले यसरी नै कमाइ गरिरहने हो भने आगामी दिनमा धेरै ठूला रेकर्ड तोड्न सक्नेछ । बक्स अफिस इन्डिया रिपोर्टका अनुसार पठानले दोस्रो दिन विश्वभर करिब ११२ करोड भारु कलेक्सन गरेको छ । पहिलो दिनमा १०३ करोडको कलेक्सन जोड्ने हो भने फिल्मले दुई दिनमा २१५ करोड कमाएको छ । योसँगै साउथ रिजनको ६ करोड जोड्दा फिल्मको कुल कमाई २२१ करोड नाघेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप