नवलपरासी पूर्वबाट लागूऔषधसहित एक युवक पक्राउ
शनिबार, १४ माघ २०७९, २० : ५६
नवलपरासी पूर्व । बर्दघाटबाट नारायणगढतर्फ जाँदै गरेका एक युवकलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार चारमारानजिक चेकका क्रममा शरीरमा लुकाएर ल्याएको लागूऔषधसहित लमजुङको बेसींसहर नगरपालिका वडा नम्बर–९ का सागर गुरुङ पक्राउ परेका हुन् ।
शनिबार दिउँसो ती युवकबाट फेनारागन, डाइजिपाम, एम्पुललगायतका लागुऔषध ५ सय ७९ थान बरामद भएको हो ।