आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गरिने

आइतबार, १५ माघ २०७९, ०७ : ४९
आइतबार, १५ माघ २०७९

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकाले राष्ट्रिय विभूति भक्ति थापाको जन्म स्थललाई ऐतिहासिक स्थलको रुपमा विकास गर्ने भएको छ । मर्स्याङ्दी गाउँपालिकाको वडा नं. ३ ढगैबेसीमा भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्ण गरी ऐतिहासिक रुपमा विकास गर्ने भएको हो ।

पर्यटन प्रवद्र्धन सँगै ऐतिहासिक स्थलको संरक्षणमा लागि परेको मर्स्याङदी गाउँपालिकाले नेपाल एकिकरण अभियानका सरदार भक्ति थापाको योगदानलाई सदा सम्मान र कदर गर्दै थापाको विरतालाई आगामी पुस्तामाझ जिवीत राख्न स्मृति केन्द्र तथा पार्क निमार्ण गर्ने योजना बनाएको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

गाउँपालिकाले उक्त स्थलको संरक्षण र विकासका लागि “राष्ट्रिय विभूति भक्ति थापा जन्म स्थल स्मृति केन्द्र” को नयाँ कार्यसमिति गठन गरेको छ ।स्थानीयहरुको भेलाले प्रमेवहादुर बस्नेतको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको हो ।

यसैगरी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ संयोजक रहने गरी सात सदस्यीय सल्लाहकार समिति समेत गठन भएको छ । विभिन्न सरंचना सहित भक्ति थापा स्मृति केन्द्र तथा पार्क निमार्णको लागि गाउँपालिकाले गत वर्ष नै डिपिआर निमार्ण गरिसकेको छ ।

पालिकाले चालु आर्थिक वर्ष स्मृति केन्द्रको लागि ५ लाख वजेट विनियोजन गरेको जनाएको छ । उक्त बजेटबाट खानेपानी शौचालय निमार्णको योजना रहेको छ ।  स्मृति केन्द्र र पार्क निमार्ण लागि ठूलो रकम चाहिने हुँदा संघ तथा प्रदेश सरकारसँग माग गर्ने गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप