मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

प्रेस सेन्टर नेपालले मनायो १९ औँ वार्षिकोत्सव

आइतबार, १५ माघ २०७९, १० : ५७
आइतबार, १५ माघ २०७९

प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम विभिन्न कार्यक्रम गरी मनाएको छ । सङ्गठनका विभिन्न कमिटीहरूले प्रभात फेरी, कोणसभा, रक्तदान लगायतका कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।

सङ्गठनको केन्द्रीय कार्यालयले स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा प्रभात फेरी तथा कोणसभा गरी मनाएको छ। माइतीघर मण्डलाबाट बबरमहलसम्म आयोजना गरिएको प्रभात फेरीमा उपत्यका प्रदेश, प्रतिष्ठान प्रदेश र एसोसिएट प्रदेशको सहभागिता रहेको थियो। 

उक्त कार्यक्रममा सङ्गठनका संस्थापक अध्यक्ष महेश्वर दाहाल, पूर्व संयोजक गोविन्द आचार्य, नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीलगायत सङ्गठनका नेता तथा सदस्यहरूको उपस्थिति थियो।

सङ्गठनको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कोणसभा अध्यक्ष विष्णु सापकोटा 'जुगल'को अध्यक्षतामा र महासचिव सन्तोष पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

press center1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप