सीडीओ कार्यालयका दुई फरक दृश्य : सर्वसाधारण बिहानैदेखि लाइनमा, रविलाई ‘विशेष सुविधा’
आइतबार, १५ माघ २०७९, १३ : ४३
काठमाडौँ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सदाझैँ भन्दा अलि बढी थियो । पूर्व गृहमन्त्री रवि लामिछाने नागरिकता पुन: प्राप्तिका लागि आउने भएपछि सञ्चारकर्मीहरूको बाक्लो भीड लागेको थियो । उता सर्वसाधारणहरू हरेक दिन जस्तै लाइन लागेर नागरिकता लिने प्रक्रियामा रहेका थिए ।
करिब साढे ११ बजेलामिछाने दलबलसहित प्रशासन पुगे । त्यहाँ पुग्ने बित्तिकै लाइन मिचेर कार्यालयभित्र छिरेर नागरिकता पुनः प्राप्ति प्रक्रिया अघि बढाए । प्रशासनले पनि तुरुन्तै नागरिकता पुनः प्राप्तिको प्रक्रिया सुरु गरेको थियो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछाने आइतबार बबरमहलस्थित प्रशासन कार्यालय पुगेका हुन् ।सर्वसाधारणहरू नागरिकता बनाउन सास्ती खेपिरहँदा पूर्वगृहमन्त्रीले विशेष सुविधा पाएका थिए । हेरौँ तस्बिरहरू :