फोटोफिचर
रवि लामिछानेको नेपाली नागरिकता कायम भएपछि सीडीओ कार्यालयमा जे देखियो (तस्बिरहरु)
आइतबार, १५ माघ २०७९, १४ : २६
काठमाडौँ । सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको पुरानो नेपाली नागरिकता पुनः कायम भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर उनले आफ्नो नेपाली नागरिकता पुनः कायम गराएका हुन् ।
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि उनले नेपाली नागरिकता कायम गराउन प्रक्रिया पुरा नगरेको ठहर गरेपछि गृहमन्त्री, सांसद र पार्टी सभापति पद गएको थियो ।