फेसबुकमार्फत प्रेम सम्बन्ध, त्यसपछि अश्लील भिडियो बनाउँदा पक्राउ
आइतबार, १५ माघ २०७९, १७ : ५३
काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्रहत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमार्फत पीडित महिलासँग चिनजान गरेर प्रेमसम्बन्धपछि शारीरिक सम्पर्क गरेर भिडियो बनाइ त्यसलाई दुरुपयोग गर्ने दोलखाको मेलुङ गाउँपालिका वडा नं ७ खड्काथोकका २४ वर्षीय अर्जुन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
उनले अश्लील फोटो तथा भिडियो पीडितको साथीको फेसवुक म्यासेञ्जरमा पठाएर पीडितलाई अनावश्यक दुःख, , हैरानी दिने गरेको उजुरी प्रहरीमा परेको थियो ।
सोही आधारमा साइबर अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।
उनीविरुद्ध आज ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्युरोले जनाएको छ ।