मान्छे छुटाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
सोमबार, १६ माघ २०७९, १२ : ०४
पर्सा । अनुसन्धानमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भनी प्रलोभन देखाई ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका-५ बस्ने ५२ वर्षीय धिरेन्द्र बहादुर श्रेष्ठलाई यातायात कार्यालय पर्सास्थित सडकबाट आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीको भनाई छ । उनी उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।