तेह्रथुम र ललितपुरमा दुई जना किशोरी बलात्कृत
काठमाडौँ । तेह्रथुम र ललितपुर जिल्लामा दुई जना किशोर बलात्कृत भएका छन् । तेह्रथुममा १४ वर्षीया किशोरी र ललितपुरमा १५ वर्षीया किशोरलाई जबरजस्ती करणी गरिएको प्रहरीको भनाई छ ।
तेह्रथुममा जबरजस्ती करणी गरेको अभियोगमा आठराई गाउँपालिका-६ फुङसिङ बस्ने ६७ वर्षीय सूर्य कन्दङवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कन्दङवाले ती बालिकालाई केही महिना अगाडिदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चुहानडाँडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै ललितपुरमा गोरखा तारुघाट गाउँपालिका-८ घर भई हाल काठमाडौँ बुढानीलकण्ठ नगरपालिका-४ बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।