सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

न्यौपानेको ‘घरको शिक्षा’ विमोचन

सोमबार, १६ माघ २०७९, १५ : ०४
सोमबार, १६ माघ २०७९

काठमाडौँ । पत्रकार दामोदर न्यौपानेको ‘घरको शिक्षा’ विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शिक्षाविद् डा. विद्यानाथ कोइराला, अक्षरा स्कुलकी प्रधानाध्यापक अञ्जु भट्टराई, शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी, मनोविद डा. विजय ज्ञवाली, पुस्तकका प्रमुख पात्र लेखक न्यौपानेका छोरा हार्दिक न्यौपानेलगायतले कृतिको संयुक्त रूपमा लोकार्पण गरेका हुन् ।

कार्यक्रममा बोल्दै अञ्जु भट्टराईले घरसंस्कार सिकाइको पहिलो पाठशाला भएकाले शिक्षामा संस्कार जोडिनुपर्ने बताइन् । ‘बालबालिकाले घरबाटै संस्कार सिक्ने हुनाले अभिभावक सचेत रहनुपर्छ,’ उनले भनिन्, ‘संवेगात्मक विकासमा सहयोग पु¥याउन बालचाहनाअनुसार यो पुस्तक लेखिएकाले सबै वर्गका लागि उक्त पुस्तक पठनीय छ ।’

कार्यक्रममा शिक्षक महासङ्का महासचिव लक्ष्मीकिशोर सुवेदीले ‘घरको शिक्षा’ पुस्तक पुस्तकको रूपमा नभई दर्पणका रूपमा आएको  र अभिभावक, शिक्षक, विद्यार्थीका लागि अमूल्य रत्न भएको बताए । ‘पुस्तक शिक्षक र अभिभावक सबैले पढ्नुपर्ने रहेछ,’ उनले भने, ‘बच्चाको असीमित चाहना हुन्छ । यस्तो अवस्थामा बालबालिकासित हामीले कस्तो व्यवहार गरेका रहेछौँ, पुस्तकले आत्ममूल्याङ्कन गर्न सहयोग पु¥याउने रहेछ ।’

पुस्तकबारे बोल्ने क्रममा विजय ज्ञवालीले सबैले सुरक्षित मानिएको घर किन असुरक्षित छ भन्ने कुरा लेखकले अप्रत्यक्ष तरिकाले दिइएको बताए । ‘हामी घरलाई सबैभन्दा सुरक्षित ठाउँ मान्छौ तर कोरोना सङ्क्रमणको जोखिमका कारण विद्यालय बन्द हुँदा सबैभन्दा सुरक्षित मानिएको घरमै धेरै बालबालिकाले आत्महत्या गरे,’ उनले भने, ‘लेखकले घर किन असुरक्षित भन्ने कुरा अप्रत्यक्ष तरिकाले यसमा देखाएका छन् ।’ सिकाइ र संस्कारसँग बालबालिकालाई जोड्न नसक्दा हुने यस्ता घटना दोहोरिन नदिन अभिभावक सचेत हुनुपर्ने ज्ञान कृतिले दिने उनले बताए । 

प्राडा विद्यानाथ कोइरालाले पुस्तकले किताब मात्रै बोक्ने प्रवृत्तिको निरुत्साहित गर्दै बालमनोविज्ञान बुझेर अभिभावकले बाल सिकाइमा अगाडि बढ्नुपर्ने बताए । ‘हामी बालबालिकामाथि आफ्नो इच्छा लादिरहेका हुन्छौँ, बच्चा चुलबुले हुन्छन्, उनीहरूको सिकाइ विशृङ्खिलत हुन्छन्,’ उनले भने, ‘यस्तो अवस्थामा पुस्तकभन्दा आफ्नै तरिकाले सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट किताबभन्दा धेरै ज्ञान दिन सकिने रहेछ ।’

लेखक न्यौपानेले संस्कारहीनताका कारणले समाज भाँडिएले बालबालिकालाई घरबाटै संस्कार सिकाउने उद्देश्यले यो पुस्तक लेखिएको बताए । न्यौपानेका एम्बुसमा ६ वर्ष, कर्म ः सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट सो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाइँ र दासप्रथाको नयाँ रूप यसअघि नै प्रकाशित छन् ।
हार्दिक न्यौपानेको आवरण रहेको उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप