नक्कली मल बेचेको आरोपमा सर्लाहीबाट पसले पक्राउ
मङ्गलबार, १७ माघ २०७९, ११ : २७
काठमाडौँ । सर्लाहीमा पोटास भनेर नक्कली मल बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका–७ घर भएका ५५ वर्षीय मोहन दास छन् ।
दासले सञ्चालन गरेको महालक्ष्मी कृषि सहकारी संस्था लिमिटेड र दास बीज भण्डारमा पोटास भनेर ‘बिरला अक्साइड सिमेन्ट कलर’ मिसाएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सर्वोत्तम खाद्यको बोरामा नुन र बिरला अक्साइड मिसाएर बेचेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएको जिप्रका सर्लाहीका डिएसपी विजय श्रेष्ठले रातोपाटीलाई बताए ।