माओवादीको स्थायी कमिटी बैठक भोलि सकिने
मङ्गलबार, १७ माघ २०७९, १४ : ३९
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार सकिने भएको छ । आज बसेको पदाधिकारी बैठकले बुधबार १२ बजे अर्को पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बसेर समापन गर्ने निर्णय गरेको हो ।
आजको पदाधिकारी बैठकमा गृहमन्त्री र राष्ट्रपति लगायतका विषयमा छलफल भएको नेता पेशल खतिवडाले जानकारी दिए ।