प्युठानबाट चोरीको सामानसहित दुई जना पक्राउ
मङ्गलबार, १७ माघ २०७९, २० : ३२
प्युठान । चोरीका सामग्रीसहित प्युठानबाट दुई जना युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारी अनुसार स्वर्गद्वारी नगरपालिका-४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन् ।
रोल्पाको सुनिल स्मृति गाउँपालिका-४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका-६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूसँग खानतलासी गर्दा विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका भाडाकुडाहरू (तामाको ताउला २, गाग्री २, कसौडी ३, डाडु १ थान) र २ थान मोबाइल सेट फेला परेको छ ।
उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा लगिएको छ ।-न्युज कारखाना