मकवानपुरमा १३० बिघा क्षेत्रमा लगाइएको अफिमखेती नष्ट
मङ्गलबार, १७ माघ २०७९, २० : ३६
हेटौंडा । मकवानपुरमा १३० बिघा अफिम र २८ बिघा गाँजा खेती नष्ट गरिएको छ । मकवानपुर प्रहरीले विकट राक्सिराङ र कैलाश गाउँपालिकामा लगाइएको १३० बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो ।
प्रहरीले लागू पदार्थ उत्पादन न्यूनीकरण अभियान सञ्चालन गरेर माघ १४ देखि १६ गतेसम्म नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त क्षेत्रमा लगाइएको अफिम र गााँजा नष्ट गरेको मकवानपुरका प्रहरी प्रवत्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरीले सबैभन्दा बढी राक्सिराङ गाउँपालिकाको वडा नम्बर ४, ६ र ७ मा ९५ बिघा अफिम र २८ बिघा १० कठ्ठामा लगाइएको गाँजा नष्ट गरेको हो भने कैलाश गाउँपालिकाको वडा नम्बर ७ र ८ मा ३५ बिघामा लगाइएको अफिम नष्ट गरेको हो ।-न्युज कारखाना