आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तत्काल कुनै पार्टीसँग एकता हुँदैनः खतिवडा

मङ्गलबार, १७ माघ २०७९, २२ : ३३
मङ्गलबार, १७ माघ २०७९

बुटवल । नेकपा एकीकृत समाजवादीका उपमहासचिव एंवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्काल एकता नहुने बताएका छन् । 

नेकपा एकीकृत समाजवादी रुपन्देहीले  बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वैचारिक कम्युनिस्ट पार्टी निर्माणका लागि वाम ध्रुवीकरणका लागि छलफल मात्रै गरिएको बताए । उनले त्यो वैचारिक कम्युनिस्ट पार्टीको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्ने बताए । उनले वाम शक्ति निर्माणका लागि वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारे । 

वामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्युनिस्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको उनको भनाइ छ । उपमहासचिव खतिवडाले नेता घनश्याम भुसाल स्वघोषणा गरेर हालै नेकपा एकीकृत समाजवादीमा आएको र अहिले वामदेव गौतम र भीम रावललाई पनि पार्टीमा ल्याउन प्रयास भइरहेको बताए । उनले आगामी साढे ४ वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा  समाजवादी पार्टीले एक्लै  निर्वाचन लड्ने हैसियत बनाउने बताउँदै कार्यकर्तालाई ढुक्क हुन आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप