आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सांसद बलायरको प्रश्न–सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको डीपीआर तयार किन गरिएन ?

बुधबार, १८ माघ २०७९, १५ : ०५
बुधबार, १८ माघ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको भोकाधिकार समेत नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद बलायरले जंगलमा तय गरिएको सो प्रदेशको राजधानी गोदावरीको पूर्वाधार निर्माणका लागि डीपीआर समेत किन तयार नगरेको भनी संघीय सरकारलाई प्रश्न समेत गरे । 

उनले संघीय सरकारले विगत ५ वर्षमा सुदूरपश्चिम प्रदेशमा एउटा केन्द्रीय योजना पनि नपारेको उल्लेख गर्दै आपत्ति जनाए । 

सांसद बलायरले अर्बौं लगानी गरेर बनाइएको गेटा मेडिकल कलेज सञ्चालन गर्न ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप