आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद छैन : शक्तिबहादुर बस्नेत

बुधबार, १८ माघ २०७९, १८ : ५९
बुधबार, १८ माघ २०७९

काठमाडौं । गृह मन्त्रालयको विषयलाई लिएर सत्तारुढ दलहरुबीच विवाद नभएको सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले दाबी गरेका छन् ।

बुधबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीसहित सत्तारुढ दलहरुबीच यस विषयमा छलफल भइरहेको र केही दिनमै टुंगिने पनि स्पष्ट पारे ।

उपमहासचिव बस्नेतले सर्वोच्च अदालतको फैसला विस्तृत रुपमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले सो सम्बन्धमा केही दिन पर्खनुपर्ने भन्नु भएको जिकिर समेत गरे ।  

उपमहासचिव बस्नेतले राष्ट्रपति चयनका विषयमा आफ्नो पार्टीले निर्णय गरिनसकेको पनि बताए । राष्ट्रिय सहमतिका लागि प्रयास गर्ने भनिएपनि त्यस सम्बन्धमा पार्टीले आफ्नो पोजिशन क्लिएर गरिनसकेको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप