आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संघीयता कार्यान्वयनमा तीन देशका राजदूतको चासो

बुधबार, १८ माघ २०७९, २१ : १२
बुधबार, १८ माघ २०७९

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीसँगको तीन देशका राजदूतहरुले शिष्टाचार भेट गरेका छन् । बुधबार विभिन्न ३ देशका राजदूतहरुले मन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गरेका हुन्  । भेटवार्ताका क्रममा उनीहरुले संघीय निजामति ऐनबारे चासो व्यक्त गरेका छन् ।  

2

सिंहदरवारस्थित मन्त्रालयमा मन्त्री मोदीलाई भेट्न अमेरिकी राजदूत डिएन आर थम्सन, बेलायती राजदूत निकोला पोलिट र स्वीजरल्याण्डको राजदूत एलिजावेथ वन क्यापेलर पुगेका थिए । भेटमा तीनै देशका राजदूतहरुले नेपालमा संघीयता कार्यान्वयनका विषयमा भइरहेको प्रगति र आफूहरुको सहयोगबारे जिज्ञासा राखेका थिए । मन्त्री मोदीले अमेरिका, बेलायत र स्वीजरल्याण्डसँगको नेपालको सम्बन्ध र सहयोगबारे छलफल गरेका छन् ।

3 

मन्त्री मोदीले जारी संसद अधिवेशनमा नै नेपाल सरकारले संघीय निजामती कर्मचारी ऐन ल्याउने तयारी गरिरहेको जानकारी राजदूतहरुलाई दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ऐन संसदमा पेश गर्ने र कार्यान्वयनको समग्र पाटोको तयारी गर्न कार्यदलसमेत बनाउने तयारी गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप