आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमान : देशभर छैन वर्षा र हिमपातको सम्भावना

बिहीबार, १९ माघ २०७९, ०६ : ०५
बिहीबार, १९ माघ २०७९

काठमाडाैँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । तराईका  केही  भू-भागहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू(भागमा  मौसम सामान्यतया सफा रहनेछ। राती  प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ।
 
तराईका भू-भागहरुमा बिहानीपख लागेको हुस्सु दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप