बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
बिहीबार, १९ माघ २०७९, १८ : २२
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी भुवन बहादुर माझी पक्राउ परेका छन् ।
सिन्धुली कमलामाई नगरपालिका १७ घर भई काठमाडौं महानगरपालिका ३१ शान्तिनगर बस्ने ४३ वर्षीय भुवन बहादुर माझीलाई प्रहरीले पक्राउ गरेको हो ।
उच्च अदालत पाटन ललितपुरको २०७९ भदौ २८ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १ करोड १९ लाख ७३ हजार ६ सय रुपैयाँ बिगो भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराइएको छ ।-न्युज कारखाना