मस्कोमा आगलागीबाट आठ जना मजदुरको मृत्यु
बिहीबार, १९ माघ २०७९, १८ : ३५
मस्को । मस्कोको सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदुरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
बिहीबार बिहान सबेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस्तीले जनाएको छ ।
आगो दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो । दुईतले अस्थायी आवासीय भवनमा आगो लाग्दा एक सय ८५ जना कामदार थिए ।