सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विद्यालयको समान चोरी गर्ने दुई जना पक्राउ

बिहीबार, १९ माघ २०७९, २० : २५
बिहीबार, १९ माघ २०७९

जनकपुरधाम । विद्यालयको समान चोरी गर्ने दुई जना पक्राउ परेका छन् । धनुषाको औरही गाउँपालिका–१ स्थित रामजानकी माविबाट कम्प्युटरलगायतका समान चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले विद्यालयका समान चोरेर नजिकैको एक डेरी उद्योगमा राखेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । चोरी भएका सामानहरूमा कम्प्युटर एक थान, राउटर एक थान, सोमिटर एक थान र सोलार प्लान्ट एक थान बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त समान चोरी गरी डेरी उद्योगमा राखेको आरोपमा स्थानीय शिवशंकर मण्डललाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले डेरी सञ्चालक अमित कुमार साहलाई समेत नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप