आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको मौसम पूर्वानुमान

शुक्रबार, २० माघ २०७९, ०६ : ०७
शुक्रबार, २० माघ २०७९

काठमाडौँ । हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू-भागहरूमा हुस्सु लागेको छ।

दिउँसोː  प्रदेश एक र गण्डकी  प्रदेशका भू-भागहरूमा  आंशिक बदली रही देशका बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ। यो क्रम राति पनि जारी रहनेछ । 

तराईका भू-भागहरूमा बिहानीपख लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा  सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप