आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चलचित्र 'ह्यारी की प्यारी' आजदेखि हलमा

शुक्रबार, २० माघ २०७९, ०९ : ०६
शुक्रबार, २० माघ २०७९

काठमाडाैँ । नेपाली चलचित्र ह्यारी की प्यारी आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको छ । 

चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भूमिका रहेको छ । 

डा. कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा रिजाल स्वयंको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् ।

दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गरेका हुन् । सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायाङ्कन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप