१६ वर्षीया किशोरीलाई भारतमा बेचेको आरोपमा ६ जना पक्राउ
शुक्रबार, २० माघ २०७९, १४ : ४०
काठमाडौँ । १६ वर्षीया किशोरीलाई भारतमा लगेर बेचेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । मंसिर १७ मा मामाघरबाट हराएकी ती किशोरीलाई माघ १७ मा भारतको नयाँ दिल्लीबाट उद्दार गरिएको मानव बेचविखन ब्यूरोका एसपी दानबहादुर मल्लले बताए । प्रहरीले माघ १९ मा ती किशोरीलाई एयर इन्डियाको उठान नम्बर एआई– २१३ मार्फत काठमाडौं ल्याएको थियो । सुनौली हुँदै गाडीमा राखेर नयाँदिल्ली र पहाडगञ्जमा लगेर आरोपीहरुले किशोरीलाई बन्धक बनाएको आरोप छ ।
तान्त्रिक बाबाको माग अनुसार ५ फिट ४ इन्च अग्ली र रजस्वला नभएकी किशोरीलाई आरोपीहरुले भारत लगेको अनुसन्धानबाट थाहा भएको छ । ‘तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा आउने कुरा बालिकालाई भनेको थाहा भएको छ’ एसपी मल्ल भन्छन्– ‘किशोरीलाई भारतका विभिन्न तान्त्रिक बाबा समक्ष लगेको देखिन्छ ।’