इथियोपियामा ३५ लाख बालबालिका विद्यालय बाहिर
शुक्रबार, २० माघ २०७९, १५ : ५७
अबाबा । इथियोपियामा जारी आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण कम्तीमा ३५ लाख बालबालिका विद्यालय जानबाट वञ्चित भएका एक अध्ययनले देखाएको छ ।
संयुक्त राष्ट्रसंघीय बालकोषका अनुसार आन्तरिक द्वन्द्व र प्रतिकूल मौसमका कारण ३५ लाख बालबालिका विद्यालयको पहुँचबाहिर रहेका हुन् ।
खडेरीका कारण लामो समयदेखि ती बालबालिकाका अभिभावकले खाद्यान्न अभाव झैल्दै आएका छन् । टिगरे क्षेत्र खाद्य समस्याबाट पीडित छ ।
बालकोषले केही समयअघि कोभिडका कारण बालबालिका विद्यालय जान नपाएका जनाएको थियो । (रासस/सिन्ह्वा)