कर्णालीको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त
शुक्रबार, २० माघ २०७९, १७ : २३
सुर्खेत । कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका नरबहादुर खड्का नियुक्त भएका छन् ।
मुख्यमन्त्री राजकुमार शर्माले खड्कालाई शुक्रबार मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
खड्कालाई शुक्रबारै उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधव प्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।