आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभा उपाध्यक्षको मनोनयन आज

आइतबार, २२ माघ २०७९, ०६ : ४४
आइतबार, २२ माघ २०७९

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्षका लागि मनोनयन आज मनोनयन दर्ता हुँदैछ । सङ्घीय संसद् सचिवालयका अनुसार अपराह्न १ बजेदेखि ४ बजेसम्म संसद् भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । 

सङ्घीय संसद्का सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो । राष्ट्रिय सभा उपाध्यक्षमा विपक्षी गठबन्धनको तर्फबाट कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । सत्ता गठबन्धनले पनि आजै उम्मेदवार तय गर्ने तयारी गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप