नेपाल इन्भेस्टमेण्ट मेगा बैंकको finPOS बाट ‘नेपाल पे ट्याप’ र ‘नेपाल पे क्यूआर’ गर्न सकिने
आइतबार, २२ माघ २०७९, १० : २९
काठमाडौँ । नेपाल इन्भेस्टमेण्ट मेगा बैंकले एनसिएचएल तथा सिटीटेकसँगको सहकार्यमा finPOS बाट ‘नेपालपे ट्याप’ र ‘नेपाल पे क्यूआर’ सेवाको थालनी गरेको छ ।
ग्राहकहरूले अब मर्चेन्ट प्वाइन्टहरुको finPOS डिभाइसहरूमा आफ्नो एनएफसी उपलब्ध रहेको स्मार्टफोन ट्याप गरी भुक्तानी गर्न सक्नेछन् । अब इन्टरनेट बिना पनि ग्राहकले नेपालपे ट्यापमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् ।
त्यसैगरी नेपाल पे क्यूआरलाई पनि बैंकले आफ्नो finPOS मा सुचारु गरेको छ । उक्त finPOS मा उपलब्ध क्यूआर भुक्तानीको लागि कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस प्रयोग गर्न सकिन्छ ।