सुर्खेतमा साढे १ लाख बराबरका अवैध सामान प्रहरी नियन्त्रणमा
आइतबार, २२ माघ २०७९, १५ : १५
सुर्खेत । सुर्खेत प्रहरीले अवैध रूपमा भित्र्याउन लागिएका सामानहरू नियन्त्रणमा लिएको छ । प्रहरीले कुर्ता सुरुवाल र कस्मेटिक सामानहरू जफत नियन्त्रणमा लिएको हो ।
भेरिगंगा नगरपालिका–१ टोलीखोलाबाट झण्डै साढे १ लाख बराबरका अवैध सामानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नेपालगन्जदेखि सुर्खेततर्फ आउँदै गरेको बा३ख४०९८ नं. को फोर्स गाडीबाट ८८ हजार ५ सय बराबरको ५९ वटा ठुलो कुर्ता सुरुवाल र ७ हजार बराबरको सानो कुर्ता सुरुवाल नियन्त्रणमा लिएको छ ।
यस्तै ५० हजार बराबरको कस्मेटिक सामानहरू पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त समानहरुको बिल नभएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको सामग्री इलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको छ ।