ओलीले टिनको छानो लगाउने अभियान आफ्नो निर्वाचन क्षेत्रमा मात्रै सीमित गरे : सांसद चौधरी
आइतबार, २२ माघ २०७९, १६ : ०३
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले खरको छानो हटाइ टिनको छानो लगाउने अभियान अधिकारको प्रयोग गरेर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो क्षेत्रमा मात्रै सीमित गरेको आरोप लगाएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले तत्कालीन नेकपा एमालेका अध्यक्ष ओलीको सरकार हुँदा २० हजार खरको छानो विस्थापित गरेको भएपनि ती सबै विस्थापित कार्यक्रमहरू झापा जिल्लाको ओलीकै निर्वाचन क्षेत्रमा मात्रै रहेको बताए ।
उनले जहिल्यै ठुला कुरा गरेर मात्रै देशको विकास नहुने बताए । उनले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई सजाय दिन नसकेको भन्दै मान्छेलाई भुलाउने प्रयास नगर्न आग्रह गरे ।
सांसद चौधरीले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै जान सुझाव दिए ।