आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
समाचार

लामिछानेले पूर्व गृहमन्त्रीका हैसियतमा कुनै सुरक्षा नलिने

आइतबार, २२ माघ २०७९, १६ : ४१
आइतबार, २२ माघ २०७९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफुले पत्रकार सम्मेलनका क्रममा दिएका अभिव्यक्तिपछि आफुलाई सुरक्षा खतरा बढ्ने भएपनि आफु नडराउने बताएका छन् । 

आइतबार पत्रकार सम्मेलन गर्दै आफुले प्रक्रियागत त्रुटी स्वीकार गरेपनि आफुले अरुको कमजोरी समेत सार्वजनिक गरेपछि आफुलाई सुरक्षा थ्रेट बढ्नेमा आफु त्यसमा जानकार रहेको बताए ।  ‘मलाई थाहा छ मैले यो कुरा गर्दा मलाई सुरक्षा खतरा बढ्ला तर मलाई त्यसमा डर छैन र म पूर्व गृहमन्त्रीको हैसियतमा कुनै पनि सुरक्षा लिने छैन’, लामिछानेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप