आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पासपोर्टमा फसाउनुहोला, म तयार छु ! : रवि लामिछाने

आइतबार, २२ माघ २०७९, १७ : ०२
आइतबार, २२ माघ २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई राहदानी केसमा  फसाइनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै मिडिया सञ्चालक र पत्रकारहरूप्रति आक्रोशित बनेका लामिछानेले पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेको बताए ।

‘पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेका छन् । यसलाई हटाइसकेपछि भनेर । अव दुख पर्‍यो भनेपनि म रेडी छु । तयार छु, फसाउनुहोला, आफ्नो मुद्दा आफै लड्छु’, लामिछानेले भने । 

उनले गृहमन्त्री हुँदा त आफूले केही गर्न नसकेको भन्दै अव बाहिर निस्केपछि पनि के गर्न सक्छु र ? भन्दै प्रश्न गरे । 

‘बाहिर आएपछि त के गर्नसक्छु र ? गृह मन्त्रालयमा पदलोलुपताका लागि म गएको होइन । १२ वर्ष खटेको मान्छेलाई १२ मिनेटमा काम हुनेगरी गर्‍यो त्यसकारण म गृहमा जान खोजेको हो’, उनले भने, ‘प्रहरी र सिडिओ आफ्ना मान्छे राख्नुपर्छ भनेर मिडिया मालिकहरू दौडने गरेको र मालिकले अहएको धेरै पत्रकारले मान्ने गरेको समेत बताए । 

उनले आफू जेल परेपनि र मरेपनि आफ्नो पार्टी अघि बढ्ने दाबी गरे । उनले आफ्नो मुद्दाका दिन रामेश्वर थापा कहाँ कहाँ कुन न्यायाधीशकोमा जानुभयो भन्ने आफूलाई सबै थाहा भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप