‘जय हो’ मा भित्रिइन् केकी
आइतबार, २२ माघ २०७९, १९ : २९
काठमाडौं । अभिनेत्री केकी अधिकारी फिल्म ‘जय हो’को नायिकाको रूपमा अनुबन्धित भएकी छन् । फिल्मका प्रस्तुतकर्ता शोभित बस्नेतले आइतबार केकीसँग अभिनयका लागि लिखित सहमति गरेका हुन् ।
फिल्मका लागि केकीसँगै अर्पण थापा, सलोन बस्नेत र माओत्से गुरुङ छनौट भइसकेका छन् । टेक पौरखी राईले निर्देशन गर्ने फिल्म आगामी फागुन २५ गतेदेखि छायांकनमा जाने छ । फिल्म पोखरा र मुस्ताङको विभिन्न स्थानमा छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ ।
सुरेश न्यौपानेको कथा रहेको फिल्म एक्सन तथा लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्ममा शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत सौरभ लामाको छायांकन रहनेछ।
'जय हो'मा राज के अधिकारी र सुरज सरकार निर्माता हुन् ।