मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

जुम्लामा वैशाखभित्र पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने

सोमबार, २३ माघ २०७९, १७ : ४७
सोमबार, २३ माघ २०७९

जुम्ला । जुम्लाका १ नगरपालिका र ७ गाउँपालिकालाई आउँदो वैशाख महिनाभित्र पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिने भएको छ । आगामी २०८० वैशाखभित्र जुम्लाका ८ वटै पालिकालाई पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिने कार्ययोजना तयार भएको हो।

जुम्लामा सोमबार जनसवास्थ्य कार्यालयद्धारा आयोजित ‘जिल्लास्तरीय पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दिगोपनाको कार्ययोजना गोष्ठीमा’सहभागी जुम्लाका ८ वटै  पालिकाका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा संयोजकले वैशाख महिनाभित्र पूर्णखोप पालिका घोषणा गर्ने कार्ययोजनामा लिखित प्रतिबद्धता गरेका हुन् । जुम्ला पुर्णखोप जिल्ला घोषणा भईसकेपनि राष्ट्रिय खोप कार्यक्रम अनुसार हरेक वर्ष १५ महिनामुनिका लक्षित सबै बालबालिका सबै प्ररकारका खोप लगाएको सुनिश्चिता गर्नुपर्ने प्रावधान छ । सोही अनुसार जुम्लाका ८ पालिकाले बैशाखभित्र पुर्णखोप सुनिश्चित पालिका घोषणा गर्ने तयारी गरेका हुन्।

जसअन्तरर्गत,आगामी बैशाख १६ गते चन्दननाथ नगरपालिकालाई पुर्णखोप पालिका घोषण गर्ने कार्ययोजना तयारी भएको छ  भने तातोपानी गाउँपालिकालाई बैशाख १३ गते, तिला गाउँपालिकालाई १५ गते, हिमा गाउँपालिकालाई १४ गते, सिंजा गाउँपालिकालाई ८ गते पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिने कार्ययोजना तयार भएको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

उनका अनुसार कनकासुन्दरी गाउँपालिका,बैशाख २४ गते,गुठिचौर गाउँपालिका २० गते र पातारासी गाउँपालिका ७ गते गरी ८ वटै  पालिका बैशाखभित्र पुर्णखोप सुनिश्चित पालिका घोषणा हुने छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप