सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आईआई एफ्टीका डिजाइनरले जिते नेशनल डिजाइनर रनवेको उपाधि

मङ्गलबार, २४ माघ २०७९, १० : ४१
मङ्गलबार, २४ माघ २०७९

काठमाडौँ । ‘नेशनल डिजाइनर रनवे–२०२३’को शीर्ष उपाधि आईआई एफ्टी स्कुल अफ फेसन डिजाइनका विप्लवराज नाग नहरले जितेका छन् । राजधानीमा आयोजित फेसन डिजाइनको प्रतिस्पर्धात्मक कार्यक्रममा अन्य प्रतियोगीलाई पछि पार्दै विप्लवराज विजेता बनेका हुन् । गत बर्षको शीर्ष उपाधि पनि आईआई एफ्टी स्कुल अफ फेसनले नै जितेको थियो ।

जमलस्थित राष्ट्रिय नाच घरमा आयोजित प्रतियोगितामा विभिन्न फेशन डिजाईनरहरुले तयार पारेको पहिरनमा मोडलहरू र्‍याम्पमा समेत उत्रिएका थिए । उनीहरूको प्रस्तुतिका आधारमा विजेता घोषणा गरिएको हो । 

प्रतियोगितामा आई आई एफ्टीकै सावित्रीदेवी राईले फर्स्ट रनर अप र सरला डंगोलले सेकेण्ड रनर अप भए । वर्षा पन्तले भने मस्ट पपुलरको सवटाइल पाएका थिए । कार्यक्रममा निशा श्रेष्ठ, रश्मि तण्डुकार, रजनी तुलाधर, सशीला वन्त, दीपक घिमिरे लगायतले विजेतालाई पुरस्कृत गरेका थिए ।

रोजिन शाक्यको कोरियोग्राफीमा र मोडल सङ्घ नेपाल आयोजक रहेको कार्यक्रमको संयोजक स्वस्ति दंगाल, परमानन्द चौधरी र सोमराज बास्तोला रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप