सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतबाट ब्राउन सुगरसहित चार जना

मङ्गलबार, २४ माघ २०७९, २१ : ४९
मङ्गलबार, २४ माघ २०७९

सुर्खेत । सुर्खेतमा ब्राउन सुगरसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-३ बर्ने २४ वर्षीया प्रीतम शाही, नगरपालिका-४ बस्ने १९ वर्षीय अविषेक बस्नेत, २० वर्षीय रोहन धौलाकोटी र २६ वर्षीय दिपेश थापा मगरलाई कर्णाली प्रदेश प्रहरी ब्यूरो, लागूऔषध नियन्त्रण व्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

कोठा नजिकै जमिनमुनिमा गाडिएको अवस्थामा १५ ग्राम ९ मिली ग्राम लागुऔषध ब्राउनसुगर सहित २१ हजार ९ सय ४० रुपैयाँ बरामद गरेको छ ।

उनीहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।-न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप