आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सन २०३० को विश्वकप आयोजनामा दक्षिण अमेरिकी राष्ट्र समूहको दाबी पेस

बुधबार, २५ माघ २०७९, ०८ : ०३
बुधबार, २५ माघ २०७९

काठमाडौँ । सन् २०३० को फिफा विश्वकप फुटबल आयोजनाका लागि दक्षिण अमेरिकी देशको समूहले बुधबार औपचारिक रूपमा दाबी पेस गरेका छन् । 

विश्वकप आयोजनाका लागि संयुक्त दाबी पेस गर्ने देशमा अर्जेन्टिना, चिली, पाराग्वे र उरुग्वे रहेका छन् र तिनीहरू मंगलबार नै पहिलो औपचारिक बैठक पनि गरेका छन् । अर्जेन्टिनी राष्ट्रपति अल्बर्टो फर्नान्डेजले यस संयुक्त आयोजनाको दाबीमा बोलिभिया पनि सम्मिलित हुने बताएका छन् । 

फिफासँग दाबी गरिए अनुसार प्रतियोगिताको उद्घाटन खेल अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुनेछ भने फाइनल उरुग्वेको मोन्टेभिडिओमा हुनेछ ।

सन् २०३० को विश्वकपका लागि यसअघि नै स्पेन, पोर्चुगल र युक्रेनले संयुक्त दाबी गरिसकेको छन् भने यस्तै साउदी अरेबिया, इजिप्ट र ग्रिसले पनि संयुक्त दाबी गर्ने प्रक्रियामा छन् । 

फिफाले अव दाबी गरिएका युरोपियन राष्ट्र, अरबी राष्ट्र वा दक्षिण अमेरिकी राष्ट्रलाई विश्वकप सञ्चालन गर्न दिन्छ कि दक्षिण अमेरिकी राष्ट्रलाई त्यो भने हेर्न अझ बाँकी रहेको छ । फिफाले सन् २०३० को विश्वकप आयोजना गर्ने स्थानको निर्णय सन २०२४ मा गरिसक्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप