सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गायिका प्रविशा अधिकारीको ‘परिचय एउटा कथा’ मा आकाश

बुधबार, २५ माघ २०७९, १२ : ०६
बुधबार, २५ माघ २०७९

काठमाडौँ । गीतकार नमिता दवाडीको ‘परिचय एउटा कथा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका प्रविशा अधिकारीको स्वर रहेको गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको छ । समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ ।

गीतले तेस्रो लिंगीहरुले पनि समाजमा स–सम्मान, समान अधिकार पाएर बाँच्न पाउनुपर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् । भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डाक्टर रमिल अधिकारी र कविता रेग्मीको अभिनय देख्न सकिन्छ । पछिल्लो पुस्ताका स्थापित तथा व्यस्त निर्देशक प्रकाश धितालको अहिलेसम्मकै भिन्न प्रस्तुतीका रुपमा रहेको भिडियोको छायांकन उत्सब दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् ।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’ भन को थियोु बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार पनि प्रकाशित छ । -न्युज काराखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप