आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
बढुवा

सशस्त्रका ४ एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस

बिहीबार, २६ माघ २०७९, १५ : १८
बिहीबार, २६ माघ २०७९

काठमाडौं । सशस्त्र प्रहरी बलका ४ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई नायब महानिरीक्षक (डीआईजी) पदमा बढवा गर्न सिफारिस गरिएको छ । गृह मन्त्रालयम बुधबार बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो । 

एसएसपी सुरेश कुमार श्रेष्ठलाई १ नम्बरमा बढुवा सिफारिस गरिएको छ । सशस्त्रमा ४ जना डीआईजीको पद रिक्त छ । 

सो रिक्त पदमा  श्रेष्ठ सहित अन्जनी कुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापालाई बढुवा सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) नारायणदत्त पौडेलले जानकारी दिए ।

baduwa

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप