आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय सर्वोच्च अदालतले सच्यायो सिक्किमका नेपाली भाषीलाई विदेशी भन्ने वाक्यांश

बिहीबार, २६ माघ २०७९, ०९ : ५८
बिहीबार, २६ माघ २०७९

काठमाडौँ । आम हडतालदेखि बिशाल आन्दोलन हुन थाले पछि भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भनी गरेको टिप्पणी बुधबार सच्याएको छ ।

केन्द्र र राज्य सरकारले छुट्टाछुट्टै रिट दायर गर्दै ‘विदेशी’ भन्ने शब्द सच्याउन सर्वोच्च अदालतमा रिट दायर गरे पछि बुधबार सर्वोच्चको विशेष सुनुवाइले उक्त शब्द हटाउने निर्णय गरेको हो । न्यायाधीशद्वय एमआर साह र भीवी नागरत्नको संयुक्त इजलासपछि शब्द हटाउने निर्णय भएको हो ।

गत जनवरी १३ मा भारतको सर्वोच्च अदालतले सिक्किमका बहुसङ्ख्यक नेपाली भाषीलाई नेपालबाट आएका ‘विदेशी’ भनी टिप्पणी गरेपछि सिङ्गो भारतमा रहेको नेपाली भाषी समुदाय आन्दोलित भएको थियो । सिक्किम लगायत क्षेत्रमा आम हडताल देखी विशाल प्रदर्शनसम्म भएको थियो । सिक्किम लगायत नेपाली भाषा बाहुल्य क्षेत्रमा विशाल प्रदर्शन मात्रै भएको थिएन, आम हडतालसम्म हुँदा भारतका नेपाल भाषी सहर ठप्पसमेत भएका थिए ।

आन्दोलन निरन्तर चर्किँदै जान थालेपछि भारतीय सर्वोच्च अदालत सिक्किमका नेपाली भाषीलाई ‘विदेशी’ भन्न वाक्यांश सच्याउन बाध्य भएको टिप्पणी गरेको छ । सर्वोच्चको सो निर्णयसँगै सिक्किममा भइरहेको आन्दोलन स्थगित भएको आन्दोलनकारीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप