प्रधानसेनापतिद्वारा भट्टलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
बिहीबार, २६ माघ २०७९, १४ : २४
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले कृष्णदेव भट्टलाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । माघ २३ गतेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार उनी उपरथी दर्जामा पदोन्नति भएका थिए ।
बिहीबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका शर्माले भट्टलाई दर्ज्यानी चिन्ह प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भट्टलाई प्रबन्धरथी विभागको विभागीय प्रमुखमा नियुक्त गरिएको पनि सेनाले जनाएको छ ।
सोही अवसरमा, प्रधान सेनापति शर्माले सहायक रथी दर्जामा पदोन्नति भएका एक जना महासेनानी र महासेनानी दर्जामा पदोन्नति भएका ४जना प्रमुख सेनानीहरूलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।